नियम १२
बोलपत्र वा सिलबन्दी दरभाउ पत्र स्वीकृत गर्ने
(१) निर्माण कार्य वा मालसामान
खरिदका लागि देहायका रकमको बोलपत्र वा सिलबन्दी दरभाउपत्र स्वीकृत गर्ने
अधिकार देहायका अधिकारीलाई हुनेछः–
(क) तीनलाख रुपैया“सम्म अध्यक्षबाट,
(ख) तीनलाख रुपैया“भन्दा बढी गाउ“ विकास समितिबाट ।
(२) उपनियम (१) को खण्ड (क) बमोजिम स्वीकृत भएको बोलपत्र वा सिलबन्दी
दरभाउपत्र स्वीकृत भएपछि त्यसको जानकारी लगत्तै बस्ने गाउ“ विकास समितिको
बैठकमा पेश गर्नु पर्नेछ ।